भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित
- वर्ल्ड दैनिक
- १ साल अघि
- १२१ पटक पढिएको

भारत सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण थप फैलिन नदिने बताउँदै अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको छ । भारतीय संचार माध्यमहरुका अनुसार त्यहाँको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब अन्तर्राष्ट्रिय उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो ।
यसअघि भने भारत सरकार १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो । तर संक्रमितको संख्यालाई मध्ये नजर गर्दै बिहिबार देखि उक्त नियम लागु गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
उक्त प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । ईन्डियन एक्सप्रेसका अनुसार भारतले अमेरिका, सिंगापुर, कतार, युएई, बेलायत, फ्रान्स, जर्मनी, आदि लगायतका ३२ देशहरूसँगएयर बबल सम्झौता गरेको छ । यी देशहरूको यात्रा भने तिनीहरूको स्वास्थ्य दिशानिर्देशहरूको अधीनमा हुने बताईएको छ । सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ ।
महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मन्जुरी दिन सकिने पनि जनाएको छ । यसघि भारतले डिसेम्बर १५ देखि नियमित अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा गरेको थियो । तर ओमिक्रोनको संक्रमण भेटिए सँगै त्यो निर्णय फिर्ता लिइएको समाचारमा उल्लेख छ ।