काँग्रेसको १४औँ महाधिवेशन : नेतृत्व चयनको प्रक्रिया सुरु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९१ पटक पढिएको

 

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुने भएको हो ।

महाधिवेशन अन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भइसकेको छ । समितिले शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुने जनाएको छ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि भने मङ्सिर २६ गते आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । त्यसैगरी आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । 

नेपाली काँग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा अहिले भइरहेको महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्ने जनाईएको छ । जसमा सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने बताईएको छ । 

त्यसैगरी १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट छानिने छन् । केन्द्रीय कार्यसमितिमा भने निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित