म्यानमारमा सैन्य ‘कु’ : महिलाहरुमाथि यौन दुर्व्यवहार

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १५१ पटक पढिएको

 

म्यानमारमा सैन्य कु पछि महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार भएको विवरण सार्वजनिक भएका छन् । गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको बीबीसीले जनाएको छ । 

सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । बीबीसीका अनुसार सेनाको कु पछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय व्यक्ति पक्राउ परेका थिए । आफूमाथि कारागारभित्र सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे (परिवर्तित नाम) नाम गरेकी एक महिलाले गुनासो गरेकी छिन् । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर बलत्कार गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ । 

उनलाई संवेदनशिल अंगमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् । सुरक्षाकर्मीले महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको समेत उनले बताएकी छिन् । 

मानव अधिकार समूहहरूका अनुसार सैन्य कु पछि म्यानमारमा बन्धक बनाउने र यातना दिने हिंसा बढ्दै गएको छ । सैन्य कु भएपछि गत ८ डिसेम्बरसम्ममा सेनाको कारबाहीमा ९३ महिलासहित १ हजार ३१८ सर्वसाधारण मारिएका छन् । तीमध्ये कम्तीमा आठ महिलाको हिरासतमा मृत्यु भएको थियो, जसमध्ये चारलाई सोधपुछ केन्द्रमा यातना दिएर मारिएको थियो । तस्बिर : बीबीसी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित