देशभर सक्रिय संक्रमितको संख्या छ हजार भन्दा कम
- वर्ल्ड दैनिक
- १ साल अघि
- ९१ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८७ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ । त्यस्तै आज ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस