४० हजार अफगानीहरुलाई युरोपले शरण दिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५४ पटक पढिएको

 

युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकहरुलाई शरण दिन सहमति जनाएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार युरोपेली मुलुकहरु ४० हजार अफगानी नागरिकलाई पुर्नवास गर्न सहमत भएका हुन् । 

युरोपेली आयुक्त इल्वा जोहानसले युरोपका आन्तरिक मन्त्रीहरूसँगको भेटपछि उक्त सहमत भएको बताएकी छिन् । उनले यसलाई एकताको प्रभावशाली कार्य समेत भनेकी छिन् । धेरै अफगानीहरूलाई बसाइँ सर्ने अनुमति दिँदा अनियमित आगमनलाई रोक्न मद्दतगर्ने उनको तर्क छ । 

समाचार अनुसार सबैभन्दा बढी जर्मनीले अफगानीलाई स्वीकार्ने भएको छ । जर्मनीले २५ हजार, नेदरल्याण्डले ३ हजार १ सय ५९, स्पेन र फ्रान्सले २५/२५ सय अफगानी शराणार्थी लिने भएका हुन् । बाँकी रहेको संख्या युरोपका अन्य मुलुकहरुले लिने समाचार संस्था एफपीले जनाएको छ । 

अवैध ढंगले युरोप छिर्न थालेपछि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चआयुक्तको कार्यालयले वैध ढंगले केही अफगानी नागरिकलाई स्वीकार्न युरोपेली मुलुकहरुलाई आग्रह गरेको थियो । तर, २७ सदस्य राष्ट्रमध्ये केहीले भने विरोध समेत गरेका थिए ।

समाचार अनुसार त्यहाँ अनुमानित ८५ हजार अफगानीहरू छन् । बीस वर्षको युद्धपछि अराजक अमेरिकी सेना फिर्ता र तालिबान शासनको पुनरागमन पछि मात्रै ईयुको २४ राज्यहरूले यस अघिनै २८ शरणार्थीहरुलाई शरण दीएको जनाएका छन् । तस्बिर : ईपिए 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित