Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

मेक्सिकोमा अमेरिकी अप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६० पटक पढिएको

 

दक्षिण मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार चियापास राज्यमा घुमाउरो मोडमा ट्रकको ट्रेलरमा पल्टिदा अन्य दर्जनौं घाइते भएका छन् । 

मध्य अमेरिकाबाट आएको ट्रकमा  एक सयभन्दा बढी आप्रवासीहरु रहेको बताईएको छ । मृतकहरुको पहिचान पुष्टि नभए पनि स्थानीय अधिकारीहरूले अधिकांश होन्डुरस र ग्वाटेमालाका आप्रवासी रहेको बताएका छन् ।

चियापास नागरिक सुरक्षा निकायका प्रमुख लुइस म्यानुअल गार्सियाले उक्त दुर्घटनालाई मेक्सिकोमा भएको सबैभन्दा खराब सडक दुर्घटना भएका छन् । उनका अनुसार दुर्घटना कम्तिमा ५८ जना घाइते भएका छन् भने केही गम्भीर घाईते भएका छन् ।  मृत्यु हुनेमा महिला, पुरुष र बालबालिका पनि रहेको उनले बताएका छन् ।  

ट्रक तीव्र गतिमा आएको कारणले मोडमा पल्टिएको र चियापासको राजधानी टक्सटला गुटिएरेज जाने मुख्य सडकको पुलमा ठोक्किएको बीबीसीले उल्लेख गरेको छ । ग्वाटामालाको छिमेकी चियापास आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट हो ।

मध्य अमेरिकामा गरिबी र हिंसाबाट भागेका लाखौँ आप्रवासीहरू प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिका पुग्ने गर्छन् ।तिनीहरूमध्ये धेरैले तस्करहरूलाई पैसा तिर्छन्, र लामो यात्रामा भीडभाड र खतरनाक ट्रकहरूमा अवैध रूपमा ढुवानी हुन्छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार अमेरिका-मेक्सिको सीमा विश्वकै सबैभन्दा खतरनाक बाटो हो । यो वर्ष मात्रै, कम्तिमा ६५० जनाको उक्त सिमानामा मृत्यु भएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित