थप ३२९ जना संक्रमणमुक्त

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९४ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २११ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४५१ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण २ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार भन्दा कम भएको छ । हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ । त्यस्तै आज ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

""

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित