Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

अब कारबाहीस्थलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८० पटक पढिएको

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को सुरुवात गरेको छ । महाशाखाले कारबाहीमा परेका सवारी साधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

महाशाखाका अनुसार कारबाहीमा परेकाहरूको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने छ । 

महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच ठाउँमा यो सेवा सुरु गरेको जनाएको छ । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरूका लागि भने रकम भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात नदिने महाशाखाले जनाएको छ ।

उक्त नियम बिहीबारबाटै लागू हुने छ । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताएका छन् । ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको उनको भनाई छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित