बैतडीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११५ पटक पढिएको

 

बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनाहुँदा ५ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-१ सकार खोलामा सोमबार साँझ दुर्घटना हुँदा नवविवाहित जोडीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई र ४० वर्षीया जानकी भट्टराई रहेका छन् । प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जानकीको भने पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु हो । 

त्यसैगरी दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित