मानव ओसारपसारको आशंकामा दुबई जान लागेका ७६ जना यात्रु फर्काइयो
- वर्ल्ड दैनिक
- १ साल अघि
- १७१ पटक पढिएको

अध्यागमन विभागले दुबई जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ । आइतबार राति नेपाल वायुसेवा निगमको जहाजबाट दुबई उड्न लागेका उनीहरुलाई विभागले फर्काइदिएको हो ।
ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको विभागले जनाएको छ । राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताए पनि साढे एक महीनाभन्दा धेरैको भिसा रहेको बताईएको छ ।
विभागका अनुसार दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी विमानस्थल आएको र कागजातसमेत नभएकोले फर्काएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस