काबुलमा साझा कूटनीतिक मिसन खाेल्ने युराेपेली देशकाे तयारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

 

फ्रान्सेको राष्ट्रपति इम्यानुअल म्याँक्राेले युराेपेली युनियनमा आबद्द अधिकांश देशहरूले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खाेल्ने तयारी गरिरहेका बताएका छन् । अफगानिस्तानमा रहेका विदेशी नियाेगका प्रमुख र राजदूतहरूकाे सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन आवश्यक भएकाे भन्दै शनिबार उनले बताएको रोयटर्स ले उल्लेख गरेको छ । 

उक्त मिसन चाँडै स्थापना हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘हाम्रा राजदूतहरूलाई सहज बनाउन अफगानिस्तानमा युराेपेली मुलुककाे साझा संगठन खाेल्ने बारेमा हामीले साचिरहेका छाैँ,’। तालिवानलाई राजनीतिक रूपमा मान्यता दिनु  वा राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खाेल्नु उपयुक्त हुने उनको भनाई छ । 

तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरूका राजदूतहरूले देश छाेडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । यसैबीच, देशबाहिर जान चाहेका करिव ३०० अफगानीलाई कतारले उदार गरेकाे फ्रान्सले जनाएकाे छ । अमेरिकी सेनाले अफगानिस्तान छाेडेकाे अन्तिम दिन करिब एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित