म राप्रपालाई ध्वस्त पार्न आएको होइन : अध्यक्ष लिङ्देन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२८ पटक पढिएको

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफु पार्टीलाई ध्वस्त पार्न नआएको बताएका छन् । सोमबार पदभार ग्रहण गर्ने क्रममा उनले आफु पटक पटक कालको मुख बाट फर्किएर आएको बताउँदै राप्रपालाई ध्वस्त पार्न नआएको बताएका हुन् । 

उनले भने, ‘कतिपय साथिहरुले अफ्ट्यारो नमानिकन पार्टीलाई चलाउन सकिन्छ भन्ने जस्ता आशंका व्यक्त गरिरहेका छन् । ती सबैलाई म भन्छु ‘सकिन्छ’ । म पटक पटक कालको मुख बाट बाचेर आएको मान्छे । कहिले माओबादीको आन्दोलनबाट, कहिले कोभिडको आक्रमणबाट मृत्युको मुखबाट फर्केर आएको मान्छे । के राप्रपालाई ध्वस्त पार्न को लागि आएको होला र ?’

उनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति पनि खेद व्यक्त गरेका छन् । लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’

राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक भएको अधिवेशनमा उनि पुर्व अध्यक्ष कमल थापालाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् । महाधिवेशनमा भएको निर्वाचनमा ३ हजार ८ सय ६५ मत खस्दा उनले १८१७ मत प्राप्तगरेका थिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित