‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण क्यालिफोर्नियामा हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३४ पटक पढिएको

 

 

अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आईरहेको छ । 

प्रत्येक बर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने बताए पनि कोभिड १९ का कारण कार्यक्रमलाई निरन्तरता दिन नसकिएको हुकुम मल्टि मिडियाका अध्यक्ष धन बहादुर बम्जन (डि बि)ले बताएका छन् । अध्यक्ष बम्जनले भने, ‘अब भने बिस्तारै चलचित्र निमार्ण प्रदर्शन लगाएत बिभिन्न गतिबिधिहरु चलाएमान हुदैँछन । अब सबै तिर सक्रिय गराउदैं चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आबश्यक छ ।’

अध्यक्ष बम्जनले नेपालका सम्पुर्ण आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुलाई चलचित्र उपलब्ध गराई सहयोग गरिदिन समेत आव्ह्वान गरेका छन् ।

त्यस्तै पत्रकार सम्म्लेनमा बरिष्ठ चलचित्र निर्देशक ॠषि लामिछानेले यस्तो खालको अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने बताएका छन् । सम्म्लेन मार्फत चलचित्र प्राविधिक संघका अध्यक्ष पुषकर लामाले भने चलचित्र पर्यटनमा जोड दिन सरकारसँग आग्रह गरेका छन् ।  

कम्पनीले मिति २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैया स्थित पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो । अवार्डमा चलचित्र बिकास बोर्ड, आदिबासी जनजाति चलचित्र महासंघ, अमेरिकाको स्थानिय व्यवस्थापनमा द वल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कम लगाएत बिभिन्न संघ संस्थासँग सहकार्य रहेको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित