Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४४ पटक पढिएको

 

भारतको नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित फेला परेको छ ।  तान्जिनियाबाट फर्किएका एक व्यक्तिमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । 

समाचार अनुसार दिल्लीमा पहिलो संक्रमण भेटिए पनि भारतमा भेटिएको ओमिक्रोनको यो पाँचौं संक्रमण हो । पहिलो पटक दुई संक्रमण कर्नाटकमा देखिएको थियो । बाँकी दुई संक्रमण भने गुजरात र महाराष्ट्रमा भेटिएको थियो । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ओमिक्रोन भेरियन्टको सन्दर्भ उठाउँदै अन्तर्राष्ट्रिय फ्लाइट रोक्नका लागि आग्रह गरेका थिए । दक्षिण अफ्रिकामा १० दिन अघि ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । डब्ल्युएचओले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो । तर पछि यसको नाम ओमिक्रोन राखियो । 

यो भेरियन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित रहेको डब्ल्युएचओले जनाएको छ । यो भेरियन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ । पहिलो प्रकारको भेरियन्टको आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित