थप ३४७ जना संक्रमणमुक्त
- वर्ल्ड दैनिक
- १ साल अघि
- २३३ पटक पढिएको

पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन् भने थप ३४७ जना संक्रमणमुक्त भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा कोरोनाका कसैको मृत्यु भएको छैन । कोभिड पछि मृत्यु नभएको यो धेरै समय पछि हो । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार भन्दा कम भएको छ । हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । त्यस्तै आज १ लाख ७५ हजार ५६७ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस