दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा वृद्धि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१५ पटक पढिएको

 

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने अनुमान गरेका छन् ।

यद्यपि ओमिक्रोनकै कारण कति भन्ने स्पष्ट नभए पनि  सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको अंतरास्ज्त्रिया संचार माध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा मात्रै पनि त्यहाँ आठ हजार पाँच सय नयाँ सङक्रमित फेला परेको छ ।

अत्याधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट गत साता दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । त्यहाँको राष्ट्रिय सरुवा रोग केन्द्र (एनआईसीडी)का अनुसार गत महिना भएका जिन सिक्वेन्सिङमध्ये ७४ प्रतिशतमा नयाँ ओमिक्रोन भेरियन्ट भेटिएको थियो । पछिल्लो प्रमाणअनुसार ओमिक्रोनले कुनै-कुनै रोगप्रतिरोधी क्षमता छल्न सक्ने भए पनि विद्यमान खोपले गम्भीर संक्रमण र मृत्युबाट बचाउने केन्द्रले जनाएको गार्डीयनले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बर ८ मा  एक नमुना परीक्षणपछि पत्ता लागेको ओमिक्रोन हालसम्म २ दर्जन मुलुकमा फैलिइसकेको छ । यसैबीच अमेरिका र नाइजेरियामा पनि ओमिक्रोन सङ्क्रमण देखिएको छ ।

ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भन्ने विषयबारे अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले गत साता यसलाई "भेरियन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको थियो ।

दक्षिण अफ्रिकामा ओमिक्रोन पहिलोपटक पत्ता लागेको घोषणा भएयता थुप्रै देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढङ्गबाट लगाइएको र त्यो प्रतिउत्पादक हुने बताएका थिए । उनले सबै देशहरूलाई यात्रा प्रतिबन्धको निर्णय उल्ट्याउन पटक पटक आह्वान गरिरहेका छन् । तस्बिर: एपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित