अन्तराष्ट्रिय विद्यार्थीको आवतजावतमा अस्ट्रेलिया र जापानले लगाए प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७३ पटक पढिएको

 

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै अस्ट्रेलिया र जापान सरकारले अन्तराष्ट्रिय विद्यार्थीको आवतजावतमा  प्रतिबन्ध लगाएको छ । दुवै मुलुकले सोमबार साँझदेखि लागू हुने गरी विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । 

अस्ट्रेलियाले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी र जापानले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको थियो । 

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेका अनुसार जापानको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलियाले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको उनको भनाई छ । 

जापान सरकारले नोभेम्बर ८ तारिखमै बोर्डर खुला गरेकोले यसअघि तयारी गरेर बसेका भए पनि विद्यार्थी भने जान पाएका थिएनन् । जापान बन्द हुँदा करिब आठ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूले सम्बन्धित कलेजमा भर्नाका लागि अनुमति (कन्फरमेसन अफ इन्रोल्मेन्ट) समेत पाइसकेका छन् । 

त्यसैगरि अस्ट्रेलियाका लागि पनि यसअघि नै प्रवेशाज्ञा (भिसा) लिएर बसेका विद्यार्थी तीन हजार आठ सय रहेको इक्यानले जनाएको छ । कतिपयले त आफू पढ्न जाने कलेजमा शुल्कसमेत बुझाइसकेका बताईएको छ । दुवै मुलुकको सो निर्णयबाट नेपाली विद्यार्थीहरु पनि प्रभावित भएका छन् । सो मुलुकहरु उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित