थप २६४ जना संक्रमणमुक्त, १ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५९ जना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८८८ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको ७ हजार भन्दा कम भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको ६ हजार ९४४ जना रहेको छ ।

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । त्यस्तै आज १ लाख ४४ हजार ५३४ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित