२१३ जना संक्रमित थपिए, ३ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७६ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् भने ३२५ जना संक्रमणमुक्त भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३२ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ । त्यस्तै आज १ लाख १५ हजार ४३४ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ जना रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित