नेकपा एमालेको केन्द्रिय कमिटी अब ३०१ सदस्यीय हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६३ पटक पढिएको

 

नेकपा एमालेको दशौँ महाधिवेशन भईरहेको बेला बसेको बैठकले केन्द्रिय कमिटिमा ७६ जना नयाँ सदस्य थप्ने निणर्य गरेको छ । मध्ये रातमा बसेको बैठकले कमिटिमा ३०१ सदस्य बनाउने निर्णय गरेको हो । यस अघि कमिटिमा २२५ जना सदस्य थिए । 

पुर्व पर्यटन मन्त्रि समेत रहेका एमालेको प्रचार प्रमुख योगेश भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा कमिटीमा वरिष्ट सहित ७ उपाध्क्ष हुने निर्णय पनि गरेको छ । विज्ञप्ति अनुसार अब कमिटिमा ७ उपाध्क्ष र ३ उप- महासचिव हुने छन् । 

त्यसै गरि बैठकले ९९ सदस्यीय पोलिटब्युरोको व्यवस्था गर्ने पनि निर्याय गरेको छ । अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग भने २५ सदस्यीय हुने जनाएको छ । मध्ये रातमा बैठक भएकाले प्रचार प्रमुख भट्टराईले हस्तलिखित विज्ञप्ति सार्वजनिक गरेको बताएका छन् । 

महाधिवेशनका लागि अहिले अधिकांश नेताहरु चितवन पुगेका छन् । महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डेले ११ गते उम्मेदवारी र उम्मेदवारी फिर्ता लिनेजस्ता प्रक्रिया सुरु हुने, १२ गते बिहान ८ बजेदेखि मतदानको प्रक्रिया सुरु हुने र १३ गते नयाँ नेतृत्वको घोषणा हुने बताएका छन् । 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित