Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

उत्तर कोरियामा उनको जस्तो लेदरको कोट लगाउन प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३४ पटक पढिएको

 

उत्तर कोरियामा सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध गरेको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ लेदरको कोट भएकोले सर्वसाधारणलाई लगाउन प्रतिबन्ध गरेको हो । 

चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको बेला पछिल्ला समयमा त्यहाँको प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको बताईएको छ । ‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।  

सञ्चारमाध्यमहरुका अनुसार उत्तर कोरियाली अधिकारीहरूले क्षेप्यास्त्र परीक्षणको हर्षोल्लास मनाउँदै गर्दा किम जोङ उनले लगाएको जस्तो कोट लगाउन बन्द गर्न आदेश दिएको छ । यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरूले चीनबाट कच्चा पर्दाथ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।  

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित