Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु / चितवन जानेको लर्को

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२५ पटक पढिएको

 

पार्टी विभाजनपछि पहिलोपटक हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ । महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्ग र नारायणगढबाट काठमाण्डू प्रवेश गर्ने सडकमा अवरोध भएको छ । महाधिवेशनका लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ । 

तर, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अति आवश्यक सवारीसाधन आवतजावतका लागि वैकल्पिक व्यवस्था मिलाइएको बताएका छन् । महाधिवेशनका लागि सवारीसाधनको चाप बढेपछि प्रहरीले काठमाण्डूमा सवारीसाधन ‘होल्ड’ गरेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार धादिङ खानीखोलाबाट सवारीसाधन पास हुन नसकेपछि थानकोटमा सवारीसाधन ‘होल्ड’ गरिएको छ ।

महाधिवेशनको लागि हिजोनै एमाले अध्यक्ष लगायतका शिर्ष नेताहरु चितवन पुगिसकेका छन् । एमालेका सल्लाहकारसहित जम्मा १०३ जना नेताहरू पर्यवेक्षकका रूपमा महाधिवेशनमा भेला भएका छन् । महाधिवेशनमा आगामी आइतवार मतदान हुने र सोमवार नयाँ नेतृत्वको घोषणा गर्ने तालिका रहेको जनाईएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डेका अनुसार ११ गते उम्मेदवारी र उम्मेदवारी फिर्ता लिनेजस्ता प्रक्रिया सुरु हुने, १२ गते बिहान ८ बजेदेखि मतदानको प्रक्रिया सुरु हुने र १३ गते नयाँ नेतृत्वको घोषणा हुनेछ । भोटिङ मेसिन पनि आइसकेको पाण्डेले बताएका छन् । 

महाधिवेशनको उद्घाटन कार्यक्रममा संसद्‌मा रहेका अन्य दललाई बोलाइए पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नदिइएको बताईएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार विदेशबाट चार देशका आठ राजनीतिक दलहरू सम्मेलनमा आफैँ उपस्थित भएका छन् भने २७ वटा विभिन्न मुलुकका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित