भारतीय सीमामा चीनको सैन्य परीक्षण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०७ पटक पढिएको

 

चीनले भारतसँगको सीमा नजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चिनियाँ सेनाले आइतबार उचाइमा प्रयोग हुने हतियारसहित सैन्य परीक्षण गरेका हुन् । जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो ।

सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लाम नजिक पर्छ । समाचार अनुसार भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताएका छन् । उनका अनुसार, ‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन जनमुक्ति सेनाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’।  

चीनको स्थानीय टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको छ । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुको भनाई छ । 

त्यसैगरी सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् । भारतले केही महिनाअघि मात्र एमआईजी–२९युपीजी र एसयु–३० एमकेआई लडाकु जेट परिचालन गरेको थियो ।

तस्बिर: सीसीटीभी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित