सत्य तथ्य विवरण नदिँदा गणकहरुलाई सास्ती

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५२ पटक पढिएको

राष्ट्रिय तथ्याङ्क बिभागले गएको कार्तिक २५ गतेदेखी जनगणना गर्न गणकहरु खटाएको छ । गणकहरुले यही मंसिर ९ गतेसम्म तथ्याङ्क संकलन गर्नेछन् । 

बि.सं. १९६८ देखी सुरु भएको जनगणना आजसम्म आइपुग्दा ११ पटक भैसकेको छ र मंसिर ९ पछी जनगणनाको संख्या १२ पुग्नेछ ।

भौगोलिक बिकटता र अशिक्षाका कारण गणना गर्दा ठ्याक्कै तथ्याङ्क उपलब्ध गराउन गार्हो हुने गणकहरु बताउँछन् ।

गणकहरु मध्यकी एक गणक प्रतिज्ञा सापकोटाले गणना गर्दा घर नभेटिने, मान्छेले घर छाडेर शहर पलायन हुने, ढोका नखोल्दिने, सही बिबरण दिन नखोज्ने जस्ता समस्याहरु भोग्नुपरेको बताउँछिन् ।

अहिले जनगणनाको लागी हरेक जिल्लामा गणकहरु परिचालित भएका छन ।

गणकहरुलाई गणक भत्ताको पनि व्यबस्था गरिएको सापकोटा बताउँछिन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित