Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

‘एन्टिमाइक्रोबियल’ सचेतना किन आवश्यक छ ?

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२७ पटक पढिएको

 

सरकारले बिहीवारदेखि एक साताका लागि देशका सातवटै प्रदेशमा ‘एन्टिमाइक्रोबियल’बारे सचेतना कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका बेला सचेतना कार्यक्रम सुरु भएको हो । 

एन्टिबायोटिकको अनुचित प्रयोगले कतिपय सङ्क्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् ‘एन्टिबायोटिक रेजिस्टन्स’ विकास गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ताहरू व्यक्त हुँदै आएका छन् । त्यस्तै नेपालमा पनि एन्टिबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्याङ्कले नै देखाएका कारण सचेतनाको आवश्यकता परेको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ ।

रुघाखोकी लाग्दा होस् वा सामान्य टाउको दुख्दा आफू खुशी औषधि पसलमा गएर एन्टिबायोटिक किनेर खाने प्रचलन बढिरहेको तथ्यांकले देखाएको छ।  फार्मेसीमा व्यापार बढाउने नाममा सामान्य बिरामीलाई कडा एन्टिबायोटिक दिने गरेको पाईएको बताईएको छ । चिकित्सक वा स्वास्थ्यकर्मीले सिफारिस नगरेसम्म एन्टिबायोटिकको प्रयोग गर्न नहुने चिकित्सकहरु को भनाई छ । 

एन्टिमाइक्रोबियल

ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सूक्ष्मजीवविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने चिकित्सकहरूले बताउँदै आएका छन् । त्यसैले यसलाई गम्भीर रूपमा लिनुपर्ने विज्ञहरूको धारणा छन् ।

चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्दा टाइफोइड र औलोजस्ता रोग लाग्दा पनि बिरामीको उपचार गर्न कठिन हुने गरेको अनुभव चिकित्सकहरू सुनाउँछन् ।

एन्टिबायोटिक रेसिस्टेन्स

ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आउनुनै ‘एन्टिबायोटिक रेसिस्टेन्स’ हो । जथाभावी प्रयोगका कारण यस्तो अवस्था आउने चिकित्सकहरु बताउछन् । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभर चुनौतिको विषय बनेको छ । औषधिको गलत प्रयोगले विस्तारै मानिस, पशुपंछी तथा बोट विरुवामा देखिने रोगको उपचारमा समस्या बढ्दै गएको छ ।

७ वर्ष अघिको नियम 

चिकित्सकको परामर्शका आधारमा मात्र एन्टिबायोटिकको विक्रीवितरण गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७१ सालमै मापदण्ड तयार पारेको थियो । तर नयाँ नियम लागु गरिएको पनि जथाभावी विक्रीवितरण बढ्दै गएको तथ्याङ्कले देखेको महाशाखाले नै जनाएको छ । 

निर्देशिकाले स्वास्थ्यसंस्थाहरूलाई उपलब्ध भौतिक संरचना र जनशक्तिका आधारमा तीन तहमा वर्गीकरण गरेको छ। निर्देशिकाअनुसार स्वास्थ्य चौकीले आधारभूत औषधि मात्र सिफारिस गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालले केही एन्टिबायोटिक सिफारिस गर्न पाउने र विशेषज्ञसेवा दिने मध्यम स्तरका अस्पतालहरूले आधारभूत औषधिमा जोड दिनुपर्न भन्ने उल्लेख छ ।

तर मध्यम स्तरका अस्पतालहरूले बिरामीको आवश्यकताअनुसार एन्टियाबायोटिकहरू सिफारिस गर्न सक्ने भन्ने पनि निर्देशिकामा उल्लेख भएकाले निर्देशिका संशोधन गरिने महाशाखाकाले जनाएको छ । 

अमेरिकामा एक लाखभन्दा बढीको मृत्यु 

अमेरिकामा कोरोना भाइरस महामारीको अवधिमा मात्र एक लाखभन्दा बढी व्यक्तिको जथाभावी औषधि सेवन गर्दा ज्यान गएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर त्यहाँ मानिसको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८.५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।

विज्ञहरुको भनाइमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिका भित्रिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित