‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

 

सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलन बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

‘चपली हाइट’ पहिलो र दोस्रो श्रृंखलालाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए।  यसअघिका दुबै श्रृंखला व्यवसायिक रुपमा सफल भएका थिए ।

""

धेरै समयदेखि प्रदर्शन हुन नसकेको यस चलचित्र पुष २ गते प्रदर्शन हुने भएको छ । अर्जुन कुमारको निर्माणमा बनेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

""

गत वर्ष चैत २८ बाट प्रदर्शन हुने भनेको चलचित्र कोभिडको कारणले स्थगित भएको थियो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित