प्राकृत पोखरा : सुन्दर पोखरा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०८ पटक पढिएको

नेपालको  लोकप्रिय पर्यटक गन्तव्यहरूमध्ये एक गन्तव्य हो पोखरा । पोखरा नेपालको दोस्रो सबैभन्दा धेरै भ्रमण गरिने सहर पनि हो । शान्त वातावरण र सुन्दर ग्रामीण इलाकाको लागि प्रसिद्ध पोखरा, काठमाडौंबाट २०० किलोमिटर पश्चिममा रहेको छ । उडान दूरीको हिसाबले काठमाडौं र पोखरा एकअर्काबाट करिब १४७ किलोमिटर (९१ माइल) टाढा छन्।

पोखरा हामी विभिन्न चार सवारि साधनका माध्यमबाट जान सक्छौँ। काठमाडौंबाट उडान , निजी कार , सार्वजनिक बस र विलासी पर्यटक बस प्रयोग गरेर पोखरा पुग्न सकिन्छ । सडक यात्रा गरेर  ६ देखि ८ घण्टा र हवाइ यात्रा गरेर २५ देखि ३५ मिनेटमा पोखरा पुग्न सकिन्छ । हवाइयात्रा गरि पोखरा जाँदा १५ देखि १७ वटा उडानहरु छन । हवाई भाडा भने मौसम र महिना अनुसार फरक पर्दछ । 

गाडीबाट जाँदा कलंकीबाट यात्रा सुरु गरेपछि नागढुङगाको ओरालो लाग्दै गल्छी पुग्न सकिन्छ । धादिङ,  गोरखा , चितवन र तनहुँ हुँदै  पोखरा पुगिन्छ । पोखरा पुगेपछि त्यहाँका महत्पूर्ण स्थानहरू जस्तै: फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङ्कोट आदि भ्रमण गर्न सकिन्छ  ।

साथै, माछापुच्छ्रे हिमालको र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृष्य पनि पोखराबाट नै देख्न सकिन्छ । बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, शिवहरि मन्दिर तथा नमोबौद्ध गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् । सराङ्कोट, जहाँबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । साथै अन्नपूर्ण पदमार्ग पनि यहीबाट सुरु हुन्छ ।

फेवा तालको बीचमा रहेको ‘बारही मन्दिर’ को अबस्थितिले झनै पोखरको सौन्दर्यता थपेको छ। यहाँबाट घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै मनमोहक देखिन्छ । यी दृश्यहरूले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ।

 
 
 
 
 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित