कोभिडका कारण करिब डेढ लाख बालबालिका अनाथ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९४ पटक पढिएको

 

कोरोना महामारीका कारण अमेरिकामा करिब डेढ लाख बालबालिका अनाथ भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको एक प्रतिवेदन अनुसार महामारीले गर्दा एक लाख ४० हजारभन्दा बढी बालबालिका अनाथ भएका हुन् । 

प्रतिवेदन अनुसार  हरेक ५०० मध्ये एक जना बालबालिका अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक गुमाएका बालबालिकाहरूमध्ये धेरै बालबालिका अल्पसंख्यक तथा सानो समुदायका रहेको बताईएको छ । अभिभावकविहीन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नुपरेको अधिकारीहरूले जनाएका छन् । प्रतिवेदन अनुसार अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका रहेको पाइएको छ ।

महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका नै छ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरु अत्याधिक रहेको छ । कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित