खोप नलगाएकाहरूका लागि अस्ट्रियामा लकडाउन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८५ पटक पढिएको

 

अस्ट्रियामा पूर्ण खोप नलगाएका करिब २० लाख मानिसलाई लकडाउनमा राखिएको छ । कोरोना सक्रमितको संख्या वृद्धि भइरहेको कारण अस्पतालमा चाप बढ्न थालेपछि आज देखि लागू गरिएको यो प्रतिबन्ध १० दिनसम्म जारी रहने छ ।  

अस्ट्रिया सरकारले खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार १२ वर्ष मुनिका बालबालिका र भर्खरै भाइरसबाट निको भएका व्यक्तिहरूलाई भने छुट दिइने छ । 

खोप नलगाएका मानिसहरूलाई पहिले नै रेस्टुरेन्ट, कपाल काट्ने ठाउँ र सिनेमाघरहरू भ्रमण गर्न प्रतिबन्ध लगाइएको थियो, तर अब घरमै बस्न निर्देशन दिएको स्थानीयहरुले बताएका छन् ।  

प्रतिबन्ध लागु हुनुभन्दा केहि दिन अघि खोप केन्द्रहरूमा मानिसहरुको भिड भए पनि अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण खोप लगाइसकेका छन् ।  पश्चिमी युरोपमा पूर्ण खोप लगाउनेको सङ्ख्या यो सबैभन्दा कम हो ।  पछिलो एक सातामा प्रति १ लाख जनसङ्ख्यामा ८ सय भन्दा बढी संक्रमित फेला परिरहेका छन् । पछिल्लो समय युरोप महामारीबाट फेरि गम्भीर रूपमा प्रभावित भइरहेको छ । तस्बिर : गेटी इमेज 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित