फ्रान्सको राष्ट्रपति भवनमा यौन दुर्व्यवहार !

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

 

फ्रान्सको पेरिस स्थित राष्ट्रपति भवनमा एक महिला सैनिक माथि यौन दुर्व्यवहार भएको छ ।  एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार कुरा महिला सैनिकले स्थानीय सञ्चारमाध्यमसँग बताएकी छिन् ।

सरकारी अधिकारीहरुले राष्ट्रपति भवनमा भएको भनिएको उक्त घटनाबारे अनुसन्धान गर्न थालेका बीबीसीले जनाएको छ । बीबीसीका अनुसार आरोपित व्यक्ति पनि सैनिक हुन् । यस विषयमा उनीसँग सोधपुछ गरिए पनि हालसम्म उनीविरुद्ध कुनै अभियोग लगाइएको छैन ।

बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँन पनि सहभागी भएको बीबीसीले उल्लेख गरेको छ । 

पेरिस स्थित बीबीसी संवाददाता ह्यू शोफील्डका अनुसार गत जुलाई १ को साँझ राष्ट्रपति माक्रोँनको व्यक्तिगत सुरक्षामा खटेका एक वरिष्ठ सैन्य अधिकारीलाई बिदा गर्न एलीजे दरबारमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । 

उक्त्त कार्यक्रममा मदिरा पनि व्यवस्था रहेको र मदिरा सेवान गरेका उनले महिला सैनिक माथी दुर्व्याबहार गरेका थिए । घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिएकि थिईन् । 

पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए । लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक सो घटनाबारे समाचार प्रकाशित गरेको थियो । समाचार अनुसार उनीहरू एकअर्कासँग परिचित थिए ।

अधिकारीहरूलाई घटनाबारे थाहा हुनासाथ पीडित महिलालाई सहयोग गर्न आवश्यक कदम चालिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचार संस्थालाई जानकारी दिएका छन् । अहिले ती दुवै जनालाई अन्यत्र सरुवा गरिएको बताईएको छ ।

केही वर्षयता फ्रान्समा यौन दुर्व्यवहारका धेरै घटनाहरू बढ्दो रूपमा बाहिर आइरहेका छन् । अहिले फ्रान्समा सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष उमेर भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

 

तस्बिर : गेटी ईमेज 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित