Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सन् २०२२ मा हुने विश्वकप फुटबलमा ब्राजिल चयन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५७ पटक पढिएको

 

सन् २०२२मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा ब्राजिल चयन भएको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा कोलिम्बयालाई १–० ले  हराउँदै ब्राजिल आगामी विश्वकपमा भाग लिने पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको हो ।

खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छनोटमा ब्राजिलले १२ मध्ये ११ खेल जितेको छ ।

यस समूहको चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौँ स्थानमा रहेको चिलीसँग क्रमशः १६ र १८ अङ्कको दुरी बनाएपछि ब्राजिल पाँच खेल छँदै विश्वकप फुटबलको लागि  चयन भएको हो । दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने प्रावधान छ ।

यसअघि, आयोजक कतार, जर्मनी र डेनमार्क विश्वकपमा खेल्न योग्य भइसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित