टी ट्वान्टी विश्वकप सेमिफाइनल : पाकिस्तान र अष्ट्रेलिया तथा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५४ पटक पढिएको

 

युनाइटेड अरब इमिरेट्स युएईमा जारी सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण सकिएको छ । त्यससँगै समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। 

सुपर–१२ चरणमा पाँचौं जित निकाल्दै पाकिस्तान समूह ‘२’ को विजेताको रूपमा र न्युजिल्यान्ड समूह ‘२’ को उपविजेताको रूपमा टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन । सेमिफाइनल खेल कात्तिक २४ र २५ गते हुँदैछ । 

पहिलो खेल २४ गते न्युजिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने दोस्रो खेल २५ गते पाकिस्तान र अष्ट्रेलिया बिच हुनेछ । दुई खेलका विजेता बीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले ५ खेलबाट १० अंक जोडेको छ भने न्युजिल्यान्डले ५ खेलबाट ८ अंक जोड्दै समूहको उप विजेता बनेको हो ।

भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । भारत र अफगानिस्तानले ४ ४ अंक जोडेका छन भने नामिबियाको २ अंक र स्कटल्याण्ड अंक विहीन हुँदै सेमिफाइनलबाट बाहिरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित