सिएरा लियोनमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ९१ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२१ पटक पढिएको

 

सिएरा लियोनको राजधानी फ्रीटाउनमा इन्धन ट्याङ्कर विस्फोट हुँदा ९१ जनाको मृत्यु भएको छ । ट्याङ्कर विस्फोट भई इन्धन पोखिएको र  त्यससँगै लागेको आगोले मानिसहरु को शव नराम्ररी डढेको बताईएको छ । 

शवगृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ । एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्।

विस्फोट शुक्रवार भएको घटनाप्रति राष्ट्रपति जुलियस मादा बायोले ट्वीट गर्दै ‘दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको’ बताएका छन् । राष्ट्रपति बायोले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने समेत बताएका छन् ।

एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको बीबीसीले उल्लेख गएको छ । गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए । घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो ।

त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरविहीन भएका थिए ।

 

तस्बिर : एएफपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित