थप ५१८ जना संक्रमणमुक्त, २ को मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३९० पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८४ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.५ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ । त्यस्तै आज ६४ हजार ३७२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस