हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४० पटक पढिएको

 

हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएको छ । वायुसेवा सञ्चालकहरूको संगठन वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडा बढाएको हो । 

नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा संघले पनि बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको छ । संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा बढाइएको छ । हवाई इन्धनको मूल्य रु. ८६ प्रतिलिटरबाट बढेर रु. ९६ प्रतिलिटर पुगेको छ।

संघले हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडे पछि बढीमा रु. ४४० वृद्धि गरिएको जनाएको छ । वृद्धि भएको भाडादर अनुसार अब काठमाण्डूबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु. ४४० बढेको छ । यसअघि काठमाण्डू-धनगढी तीन हजार ८०० रहेकोमा अब चार हजार २४० कायम भएको छ ।

सबैभन्दा कम डोटी साँफेबगर मार्गमा ४५ रुपियाँ बढेको छ । त्यस पछि, काठमाण्डू -सिमरामा रु. ९५ वृद्धि भएको छ । यो गन्तव्यमा यसअघि रु. ७७० रहेको थियो भने अब बढेर रु. ८६५ पुगेको छ।

अन्य कहाँ कति बढ्यो ?

काठमाण्डूबाट भद्रपुरमा रु. ३००, विराटनगरमा रु. २४०, जनकपुरमा रु. १३०, भरतपुरमा रु. १०५, पोखरामा रु. १५५ र भैरहवामा रु. २०५ भाडा वृद्धि गरिएको छ । तुम्लिङटारमा रु. १८५, राजविराजमा रु. २०५ र नेपालगञ्जमा रु. ३३० भाडा बढाइएको छ।

त्यसैगरी पोखरा-भरतपुरमा रु. ११०, पोखरा-भैरहवामा रु. १३०, पोखरा–सिमरामा रु. २२०, पोखरा-नेपालगञ्जमा रु. २३५ र पोखरा-विराटनगरमा रु. ३५५ भाडा वृद्धि भएको छ। यसैगरी, भरतपुर-भैरहवा रुटमा रु. १३५ भाडा बढेको छ ।

पर्वतीय उडानमा पनि रु. ३४५ भाडा वृद्धि भएको छ । विराटनगरबाट पर्वतीय उडानमा रु. ३२० र विराटनगरबाट तुम्लिङटारमा रु. १०५ भाडा बढेको छ । हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडेपछि अन्तिम हवाई भाडा निर्धारण गरिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित