Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

तिहारमा काठमाण्डूबाट बाहिरिने यात्रुका लागि बसपार्कमै खोपको व्यवस्था

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७९ पटक पढिएको

 

तिहारमा काठमाण्डूबाट बाहिरिने यात्रुका लागि बसपार्कमै कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको जनाएको छ ।

परिचयपत्र भएका १८ वर्षभन्दा माथिका सबैलाई अस्ट्राजेनेकाको खोप लगाइने बताइएको छ । 

त्यसका लागि काठमाण्डूबाट बस छुट्ने मुख्य पाँच ठाउँ; कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । 

उनका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानुपर्नेछ । 

खोप अभियान सुरु भएयता हाल सम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित