कोप-२६ : सन् २०३० भित्र वन फँडानी रोक्न विश्वका नेताहरु सहमत, आज हस्तक्षर गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५४ पटक पढिएको

 

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी विभिन्न देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका छन् ।

यो सहमतिमा आज एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् । जसमा क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया र प्रजातान्त्रिक गणतन्त्र कङ्गो लगायतका देशहरु छन् । 

वनजंगल विनास हुनुलाई जलवायु परिवर्तनको एक प्रमुख कारण मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।

विज्ञहरूले सन् २०१४ मा भएको सम्झौताले "वन विनाशलाई ढिलो गर्न असफल भएको" चेतावनी दिँदै नयाँ सम्झौताको स्वागत गरेका छन् । यो सहमतिलाई ग्लासगोमा दुई सातासम्म चल्ने शिखर सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको बीबीसीले जनाएको छ ।

त्यस्तै सम्मेलनमा २८ देशले खाद्यान्न र अन्य कृषि उत्पादनहरू जस्तै पाम तेल, सोया र कोकोको विश्वव्यापी व्यापारबाट वन विनाश हटाउन सहमत गरेका छन् । इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो पाम तेल निर्यात गर्ने देश हो । यो उत्पादन स्याम्पुदेखि बिस्कुटसम्म सबैमा पाइन्छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित