थप ९११ जना संक्रमणमुक्त ,देशभर सक्रिय संक्रमितको संख्या १० हजार भन्दा कम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५३ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३७२ जनामा संक्रमण पुष्टि भएको छ   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९११ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.४ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ११  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३९९  पुगेको छ । त्यस्तै आज १ लाख ७३ हजार ५९ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ जना रहेका छन् ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित