Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६७ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६९ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.३ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ६  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८८  पुगेको छ । त्यस्तै आज १ लाख २५ हजार ५२७ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार १५१ जना रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित