थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४०५ पटक पढिएको

पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५५ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.३ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ । त्यस्तै आज १ लाख १४७५ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस