जापानले बनायो ८ करोड १७ लाखको उड्ने बाइक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २५६ पटक पढिएको

जापानको फुटबल खेलाडी केउसुके होन्डाको स्टार्टअप कम्पनीले उड्ने बाइक बनाएको छ। जसको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ । समाचार संस्था रोयटर्सका अनुसार उक्त बाइक मंगलबार देखि बिक्रीका लागि राखिएको छ ।

यसमा ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडिएको छ । यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको रोयटर्सले उल्लेख गरेको छ । यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ । टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको जनाएको छ । 

कम्पनीका अनुसार उक्त होभरबाइक पेट्रोलका साथसाथै विद्युतीय मध्यमबाट पनि सञ्चालन हुन्छ । हालै टोकियो रेसट्र्याकमा सो बाइकको प्रदर्शन भएको थियो । कम्पनीले उद्धार टोलीले कठिन क्षेत्रहरूमा पुग्न प्रयोग गर्न सकिने आशा राखेको जनाएको छ । त्यस्तै सर्वसाधारणले पनि एक दिन दैनिक जीवनमा वरिपरि जानको लागि प्रयोग गर्छन् भन्नेमा कम्पनी विश्वस्त छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित