सुडानमा सैन्य ‘कु’ : प्रधानमन्त्री नजरबन्द मुक्त

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३२२ पटक पढिएको

 

सुडानका अपदस्थ प्रधानमन्त्री अब्दुल्लाह हमडोक मंगलबार नजरबन्दमुक्त भएका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले सेनाले विद्रोह गरेर सत्ता कब्जा लिएको एक दिन पछि उनलाई मुक्त गरेको जनाएको हो ।

सेनाले हमडोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सेनाले सत्ताकब्जा गरेपछि हमडोकसहित अन्य वरिष्ठ अधिकारीहलाई नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि उनी नजरबन्द मुक्त भएका हुन् । हाल उनी राजधानी खार्तुनस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ । प्रधानमन्त्री हामडोकको रिहाइ संगै हिरासतमा राखिएका अन्य सरकारी अधिकारीहरूलाई पनि रिहा गर्न अन्तर्राष्ट्रिय समुदाय तथा नागरिकहरुले माग राखेका छन् । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमडोकलाई तत्काल रिहा गर्न भन्दै ‘सत्तापलटको महामारी’विरुद्ध शक्ति राष्ट्रलाई एकजुट भएर लड्न आह्वान गरेका थिए । सेनाले सत्ता कब्जा गरेपछि नागरिकहरुले गरेको प्रदर्शनमा सात जनाको मृत्यु पनि भएको थियो ।

सोमबार सेनाले प्रधानमन्त्री हमडोक सहित उद्योग मन्त्री इब्राहिम अल-शेख, सूचना मन्त्री हमजा बलौल, प्रधानमन्त्रीका मिडिया सल्लाहकार फैसल मोहम्मद सालेह र सुडानको राजधानी खार्तुमका गभर्नर अयमान खालिद सामेल लगायतका जनप्रतिनिधिहरुलाई नजरबन्द गरेका थिए । नजरबन्दमा रहेका अन्य अधिकारीहरु भने सेनाको नियन्त्रणमै छन् । उनीहरुको अवस्था अज्ञात रहेको बताइएको छ ।

सुडानमा गत महिना असफल विद्रोहको षड्यन्त्रले गर्दा राष्ट्रपति ओमार अल-बशीरको पतन पछि शक्ति बाँडफाँड गर्ने सेना र नागरिक समूहहरू बीच कडा प्रतिशोधहरू भएका थिए । २०१९ मा भएको विभिन्न विरोध प्रदर्शन पछि राष्ट्रपति बशीरलाई पदच्युत समेत गरिएको थियो । राष्ट्रपति बशीरको सत्तानै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित