थप ६६६ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७० पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २० जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । त्यसैगरि ६६२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.३ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । त्यस्तै आज ७३ हजार ४२६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस