पक्राउ परेका ११ जना अफगानी नागरिकहरुलाई अध्यागमन विभाग पठाईयो

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २१२ पटक पढिएको

 

काठमाडौंको सिनामंगलबाट पक्राउ परेका ११ जना अफगानी नागरिकहरुलाई अध्यागमन विभाग पठाईएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले आज बिहान सिनामंगलको एक होटेल बाट उनीहरुलाई पक्राउ गरेको थियो । 

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका हुन् । उनीहरु नेपाल–भारत सिमाना सुनौली बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको पाइएको  सिआईबीले जनाएको छ । 

पक्राउ पर्नेमा अमनुल्लाह मोहम्मदी, अजमल सरिफी, अकम जाजाइ, रोमल होटक, इसनुल्लाह हसेमी, इमरान अलि जादा, मोहम्मद जमराइ सनिकजाई, नजिफा स्तानिकजाइ, मिस्बाह जैनव स्तानिकजाइ, नुरुल हाया स्तानिकजाई, मोहम्मद रायन स्तानिकजाई रहेका छन् । उनीहरु ८ वर्षदेखि ४१ वर्ष सम्म को रहेको जनाइएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित