Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

थप ७७६ जनामा संक्रमण पुष्टि,५०१ संक्रमणमुक्त र १३ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८५ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.३ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३६८ पुगेको छ । त्यस्तै आज ५७ हजार ६१० जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित