नयाँबानेश्वरको सडकमा ठुलो खाल्डो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८१ पटक पढिएको

नयाँबानेश्वरको सडकमा बाटोनै बन्द हुने गरि ठुलो खाल्डो परेको छ ।  सुरुमा सानो भ्वाङ परेको देखिएको सडकमा मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको हो । खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाएर वैकल्पिक विधि अपनाइएको छ। सडक बिग्रिएपछि ट्राफिकको समेत समस्या भएको छ । 

उक्त खाल्डोले एउटा पुरै लेन ओगटेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले उक्त खाल्डो १५ फिटजतिको गहिरो भएको जनाएको छ । तर सडकको टोलीले नापजाँच भने गरिसकेको छैन । सवारी साधनहरु सर्भिस लेनतर्फबाट मात्र सन्चालन गरिएको छ । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ ।

यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमागरिएको बताइएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित