Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नेपाल आइपुग्यो एक लाख बढी फाइजर खोप

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०८ पटक पढिएको

 

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोरोना विरुद्दको फाइजर खोप नेपाल आइपुगेको छ । फाइजर खोप पहिलोपटक नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फाइजर खोप नेपालभरिका २४ वटा अस्पतालमा खोप केन्द्र राखेर वितरण अभियान थालिनेछ। खोप अभियान कार्तिकको अन्तिम साताबाट सुरु गर्ने तयारी भएको जनाईएको छ। 

माइनस ८० डिग्री सेल्सीअस तापमानमा भण्डारण गर्नुपर्ने भनिएको फाइजर खोप दुई देखि आठ डिग्रीमा राखेर छ घण्टाभित्र लगाइसक्नुपर्ने बताइएको छ । प्रयोग नगरिएको खोपको भाएल भने नौ महिनासम्म माइनस ८० डिग्रीमा भण्डारण गर्न सकिने अधिकारीहरू बताउँछन् ।

अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी भैरहेको बताइएको छ । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित