टी-२० विश्वकप : सुपर १२ का खेल आज देखि सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०५ पटक पढिएको

आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेसँगै सुपर १२ को समीकरण पूरा भएको हो ।

सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।

सुपर १२ को एक ग्रुप अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ । त्यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् । कोरोना महामारीका कारण सन् २०२० मा हुन नसकेको टी–२० विश्वकप क्रिकेट असोज ३१ गते देखि शुरु भएको हो । प्रतियोगिता २९ दिनसम्म चल्नेछ   । 

विजेताले १६ लाख डलर पाउनेछ भने उपविजेताले ८ लाख पाउने छ ।  त्यस्तै सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउने र सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस पनि पाउने बताइएको ​छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित