डब्लुएचओ : सन् २०२२ सम्म कोरोन महामारी रहिरहने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६६ पटक पढिएको

 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । विपन्न मुलुकहरूले कोभिड खोपहरू नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो ।

विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ति नबढाउने हो भने कोरोना भाइरसमाथि जीत हात पार्न नसकिने पनि डब्लुएचओको ठम्याई छ । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नै महामारी नियन्त्रणको मुख्य चुनौती बनेको डब्लुएचओका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले जनाएको छ । बिबिसीका अनुसार उनले सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको जनाएको छ । 

डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् ।जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित