बाढी र पहिरो : ४८ को मृत्यु ,३१ जना वेपत्ता
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३३२ पटक पढिएको

आइतबार देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परि देशभर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् ।
गृहमन्त्रालयले दिएको जानकारी अनुसार बुधबार बिहान सम्ममा सबैभन्दा धेरै इलाममा ११ , डोटीमा ९, हुम्ला, धनकुटा, र पाँचथरमा ६/६ जना छन्। त्यस्तै बैतडीमा ४ ,सुनसरीमा २, डडेल्धुरामा १, प्युठानमा १, उदयपुरमा १ र कालिकोटमा १ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सबैभन्दा बढी बझाङमा २३ , इलाममा ५, प्यूठानमा २,डोटीमा १ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरुको खोजी र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन ले जनाएको छ ।
वर्षाका कारण देशका विभिन्न नदीमा पानीले सतर्कताको तह पार गरिसके सँगै सबैलाई सतर्क रहन आग्रह गरेको छ । नेपालमा अक्टोबर र नोभेम्बर महिनालाई ‘पोस्ट-मनसुन’ अर्थात् वर्षाउपरान्तको समय मान्ने गरिएको मौसमविद्हरू बताउँछन् । यो बेला पानी पर्नु सामान्य भए पनि अहिले पश्चिमतिर यसरी नदीमा जलसतह खतरा तह नै पार हुनेगरी वर्षा हुनु अलि असामान्य रहेको जलविद्हरुको भनाई छ ।